राधेश्याम कुशवाहा, सर्लाही ।।
देशकै उत्कृष्ट सामुदायिक विद्यालयको प्रधानाध्यापक पदबाट राजिनामा दिदै सर्लाहीको क्षेत्र न. २ बाट बिरबंश बैठाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन । मिशन, भिजन र निष्ठा नभएका राजनितिकर्मीलाई विस्थापित गर्न सर्लाहीको मलंगवा स्थित कुशुम पार्टी पैलेसमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिनिधि सभामा आफनो बलियो उम्मेदवारीको घोषणा गरेका हुन ।
सर्लाहीको मलंगवा नपा–५ भाँडसर निवासी मानार्थ डा. बैठा विगत ५ बर्षदेखि हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको प्रधानाध्यापक रुपमा कार्यरत थिए । उहाँकै नेतुत्वमा उक्त विद्यालय देशकै उत्कृष्ट ५ मा पर्नुको साथै अन्तराष्ट्रिय स्तरको विद्यालयको रुपमा घोषणा हुन सफल भएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल नम्बर वन देश भएपनि तृतिय श्रेणीका राजनितिककर्मी भएका कारण देश पछाडी परेको डा. बिरबंश बैठाले बताए ।देशलाई विकास र सम्बृद्धि तर्फ अगाडी बढाउन राजनितिक परिवर्तनको आवश्यक्ता रहेको र त्यसका असल तथा सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरी अवकाश प्राप्त गर्न डेढ वर्षको समयावधि बाँकी रहँदै प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको उहाँले बताए ।
हाम्रो देशको समृद्वि र विकासका लागि मिशन, भिजन र निष्ठा भएका पहिलो दर्जाको नेतुत्वको खाँचो रहेका छन । उनले भने ।
देशमा ८४ भन्दा बढी दल भएका छन तर कुनै पनि दलसंग जनतामा एक्लै जाने साहस र हिम्मत छैन ।उहाँलाई जनताले विश्वास नगरेका कारण गठबन्धन तथा महागठबन्धन गर्दै आएको आरोप समेत लगाए ।
एक ठाउँमा चुनाव न जिते अर्काे ठाउँमा चुनाव लडिदैछन, एउटा पार्टीबाट टिकट नपाए अर्काे पार्टीमा जाने र एउटा पार्टीमा अध्यक्ष बन्न नपाएर अर्काे पार्टी खोल्ने यस्ता विभिन्न किसिमका राजनितिक बेथितिहरु देखेर हामीले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
स्वतन्त्र व्यक्ति जसले समाज र राष्ट्रका निमित्त केही गरेका छन । उहाँले गरेका कार्यहरु समाजमा देखिन्छ । आफूले नेतुत्व गरेको संस्थाको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान बनाएको छ । आफनो देश र समाजका लागि केही गर्न खोज्नुपर्छ भनी अगाडी बढन खोजेको छ । त्यस्तो व्यक्तिलाई जनताले साथ दिनुपर्ने बताए ।
आफू राजनितिक गर्दिन तर समाज परिवर्तनका लागि राजनितिकमा आएको छु । उनले भने । समाजमा भएका विकृति, बेथिति र पुरानो सोच भएका राजनितिकर्मी हटाउनुपर्छ भन्दै मिशन भिजन, योजना र मास्टमाइण्ड प्लान नभएका व्यक्तिलाई विस्थापति गर्नुपर्नेमा जोड दिए ।
मेरो जन्मथलो मधेसको बारेमा सामाचार सुन्दा कुनै पनि सकरात्मक सामाचार नआउदा हामीलाई लाज लागेर आएको गुनासो गरे । मधेसको बारेमा कही कतै सकरात्मक टिप्पणी छैन, जहाँ तही अनियमितता र भ्रष्टाचारले भरिएका छन ।
मधेसमा राजनितिक चेतना नभएका कारण भ्रष्ट मानसिकता भएका राजनितिककर्मी चुनाव लडने, चुनाव जित्ने र जनताले खुन पसिना बगाएर कर तिरेको रकममा अनियमितता र भ्रष्टाचार गरी अचुक सम्पति आर्जन गर्ने र काठमाडौं लगायत देशका ठुल ठुला सहरहरुमा घर र चिल्लो गाडी किन्ने र फेरी चुनावको समयमा त्यही भ्रष्टाचार गरेको पैसा खर्च गर्ने परिपार्टीको अन्त्य गर्नका लागि यो पालि देशभरी स्वतन्त्र यूवाहरु उम्मेदवारी दिदै छन ।
नेपाल विश्वको पहिलो देश हुनेछ, जहाँ एउटा स्वतन्त्र उम्मेदवार देशका प्रधानमन्त्री बन्ने बताए । पढेलेखेका स्वच्छ छवि भएका ईमान्दार व्यक्तिहरु राजनितिकमा नआएका कारण हामी मुर्ख र बेईमानबाट शासित हुदै आएको दुखेसो पोखे ।
नेपालका तेस्रो दर्जाका राजनितिकर्मी कारण आर्थिक तथा सामजिक लागायत विकासका हरेक क्षेत्रमा नेपाल यूरोप देश भन्दा ३०० बर्ष भन्दा पछाडि रहेका छन, भने नेपाल विश्वको तुलनामा धेरै पछि परेको र मधेश अन्य क्षेत्रको तुलनामा झनै पछि परेको बताए ।
असार ३१ गते नेपालमा ६० भन्दा बढी जिल्लामा साक्षर घोषणा गरिएपनि मधेस प्रदेशका एउटा पनि जिल्ला पूर्ण साक्षर घोषणा हुन सकेका छैन ।
भिजन र सोंच नभएका नेताहरूकै कारण ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग को निर्माण कार्य पुुरा हुन सकेका छैन, भने समाजमा दाईजो प्रथा, बोक्सी, महिला हिंसा लगायतका विकृति र बेथिति विद्यमानै रहेका छन । देशमा प्रजातन्त्र आएको ३० वर्ष बितिसक्दा पनि आम जनताको विकास, शान्ति, सुरक्षा, विकास र कानुनी राज्यको अनुभूति गर्न पाएका छैन, भने जहाँतही अनियमितता, भ्रष्टाचार, जातिय छुवाछुत, विभेद र शोषणले समाज जकडिएका छन ।
हाम्रा देशका नेताहरुसँग देश र समाज सम्बृद्व बनाउन कुनै मिशन, भिजन र राजनीतिक स्थिरता नभएका कारण नागरिकहरु चरम गरिबी, बेरोजगारी र भोकमरीको चपेटा पर्न गएका छन । चरम गरिबीका कारण यूवा जनशक्तिहरु दिनहुँ विदेश पलायन हुन बाध्य हुदै आएका छन, भने विमानस्थलमा दैनिक ५÷६ वटा यूवाहरु शव बने बाकसमा फर्कदै आएका छन ।
उनले शिक्षा क्षेत्रमा रहेको बिकृति हटाउन चालेको कदम राजनीतिक क्षेत्रमा पनि चाल्न राजनीतिक यात्रा सुरु गरेको बताएका छन । पुराना राजनीतिक दलका नेताहरु संँग देशलाई समृद्ध बनाउने कुनै भिजन नभएकोले अब उनीहरुलाई बिस्थापित गरेर नयाँलाई मौका दिनुपर्ने उहाँले तर्क गरे ।
देशका पुराना नेताहरुले सत्ता र शक्ति दुरुपयोग गर्दै राजनितिक जस्तो मर्यादित पेसालाई कमाउ धन्दा बनाएको आरोप समेत लगाए ।
आम नागरिकको हक, अधिकारको सुनिश्चित गरी शान्ति र विकासका प्रत्याभूति दिलाउन, भ्रष्टाचार र अन्याय विरुद्धको शसक्त खबरदारी, सर्लाही लगायत मधेसका जनताको आवाजलाई नेतृत्व गरि संघीय संसदमा बलियो उपस्थिति सहित जनतामा साँच्चिकै परिवर्तनको अनुभुति दिलाउने प्रतिनिधि सभामा मेरो उम्मेदवारी रहेको बताए ।
स्वतन्त्र उम्मेदवार बिरबंश बैठाको छोटो परिचय ?
सर्लाहीको मंलगवा नगरपालिका वार्ड न.५ भाडसर निवासी बिरबंश बैठा को जन्म २०२१÷३÷२१ म जन्म भएको थियो । पब्लिक मावि मलंगवाबाटै २०३६ सालमा प्रथम श्रेणीमा एसएलसि उत्तिर्ण गरी उच्च शिक्षाका लागि विज्ञान विषयमा भर्ना भए ।
उहाँ विद्यार्थी जिवनमै प्रजातान्त्रिक आन्दोलनमा स्वतन्त्र सेनानीका रुपमा सक्रिय भूमिका समेत रहेका थिए । विज्ञानमा विषयमा प्लस टु गरेपछि २०४१÷५÷१७ मा हेटौडा स्थित सिद्वार्थ माविमा शिक्षक पेसामा जागिर पाए ।
छात्रवृत्तिबाटै बिएड र एमएड गरी २०५१ सालमा माविका स्थायी शिक्षक र २०६३ मा द्वितिय श्रेणी भए भने मावि तहको प्रथम श्रेणीको शिक्षक भएर आधुनिक राष्ट्रिय माविका प्रअ भएर ५ बर्ष काम गरेर स्वतन्त्र उम्मेदवारी दिन गएको भदौ १ गते डेढ बर्षको अवधि बाँकी रहदै राजिनमा दिए ।
उहाँकै नेतुत्वमा आधुनिक मावि अन्तराष्ट्रिय स्तरको विद्यालयको रुपमा घोषण भयो । उहाँलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर थाईल्याण्ड, मलेसिया, दु्बई, ग्रिस र अजबैन जस्ता देशमा समेत बोलाईएर समेत सम्मान गरिएको छ । उहाँलाई दजनौं राष्ट्रिय तथा ७ वटा भन्दा बढी अन्तराष्ट्रिय पुस्कारबाट समेत सम्मानित गरिएका छन ।
क्यानाडाका वर्मटन अन्तराष्ट्रिय विश्वविद्यालयले उहाँलाई सामाजिक सेवामा उल्लेखनिय कार्य गरेको भन्दै मानार्थ पिएचडी प्रदान गरेका छन, भने गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशले समेत उहाँलाई सम्मान छन ।








प्रतिक्रिया