राधेश्याम कुशवाहा, गोडैता सर्लाही ।। सर्लाहीको सिमावर्ती क्षेत्रमा अबैध जाली नोटको कारोबार भइरहेको पाईएको छ। सर्लाहीको दक्षिणी पश्चिमी भुभागमा पर्ने गोडैता नगरपालिकाको सिमावर्ती क्षेत्रमा सिमा सुरक्षा बलले भारी परिमाणमा जाली नोट बनाउने कागजको गढी बरामद गरेपछी जाली नोटको कारोबार भइरहेको रहस्य खुलेको हो ।
सर्लाहीको दक्षिणी भुभागमा अवस्थित गोडैता नगरपालिकाको सिमावर्ती क्षेत्रबाट बिओपी बहादुरले भारी परिमाणमा अवैध जाली नोट बनाउने कागजको गढी सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट जिल्लाको साविक गाविस वार्ड न. ५ ककनी निवासी धनराज लामाको ३२ बर्षिय छोरा हिरामान लामा रहेको हो ।
गोडैता नगरपालिका वार्ड न.३ स्थित सिमरा भगवतिपुर बजारमा सशस्त्र प्रहरी नायब निरीक्षक बिदिया भुषण झा को कमान्डरमा खटिएको मोटरसाइकल गस्ती टोलिले सवारी साधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रममा सिमरा भगवतीपुर गाउँबाट सिमरा भगवतिपुर बजार तिर जाँदै गरेको रातो रंगको स्कारपियो रोक्न लगाई चेकजाँच गरेका थिए ।
गाडीको अगाडी बसेका एक जना व्यक्ति तल झारी स्कारपियो गाडीको पछाडी आई डिकी खोली चेकजाँच गर्न लगाउदा डिकीबाट एउटा शंकास्पद कार्टुन फेला पर्नसाथ बाहिर झिकी कार्टुन चेकजाँच गर्नै लाग्दा सो चालक एक्कसी गाडी स्पिड गरि गाडी सहित फरार भएका थिए । शंकास्पद कार्टुनबाट नगद रकम सहित जाली नोट बनाउने कागजको गढी समेत बरामद भएको हो ।
पक्राउ परेको व्यक्तिसंग सोधपुछ गर्दा आफनो अस्थायी ठेगाना काठमाडौं मनपा न. २६ लाजिम्पाट बताएको, रोडको ठेकेदार निरज कार्कीसंग आएको पक्राउ परेको लामाले बताएका छन, भने चालकको नाम, बतन र गाडीको नम्बर खुल्न समेत खुल्न सकेका छैन ।
कार्टुनबाट नगद ४० हजार र नक्कली पैसा बनाउने कागजको सय सयको गढी ६९ थान र लामाको पर्सबाट नगद १७ हजार, माछापुच्छ्रे बैंकको ३० लाख ६० हजारको चेक र ग्लोबल आइएमई बैकको मिति २०७८-७-१६ को पुरानो चेक, पासपोर्ट १ थान, बिलबुक १ थान र रेडमी मोबाइल १ थान, नागरिकता र एटीएम २ थान बरामद भएका छन । बरामद भएको समान सहित पक्राउ परेका लामालाई आवश्यक कर्वाहीका लागि इप्रका, गडहिया डुमरिया पठाएको बिओपी बहादुरले जनाएको हो ।








प्रतिक्रिया