धनुषा : ३ र ४ निर्वाचन क्षेत्रमा एमालेबाट नाम श्रीमान–श्रीमतीकाे उम्मेदवार सिफारिस

न्यूज डेस्क     २०७९ भाद्र १९, आईतवार २१:०५ बजे मा प्रकासित


जनकपुरधाम । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट श्रीमान श्रीमती सर्वसम्मतरुपमा सिफारिस भएका छन् ।

आइतबार जनकपुरधाममा भएको धनुषाको क्षेत्र नम्बर ३ को बैठकले पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ को बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको हो ।

सिफारिस भएका महतो र महासेठ श्रीमान श्रीमती हुन् । यसअघि उनीहरु ओली सरकारमा पालामा आलोपालो मन्त्री समेत भएका थिए ।

प्रतिक्रिया





Top