सर्लाही ।। सर्लाहीको नेपाल समाजवादी पार्टी क्षेत्र न.३ बाट प्रतिनिधि सभा पदका लागि युवा नेता दिपक महतो को एकल नाम सिफारिस भएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवामा स्थित जिससको सभा हलमा आज नेपाल समाजवादी पार्टीको जिल्ला कार्य समितिको बसेको पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।
बरहथवा नगरपालिका वार्ड न. ९ मुर्तिया निवासी दिपक महतो विधार्थी जिवनदेखी नै राजनीतिकमा सक्रिय रहदै आएका छन । विधार्थी आन्दोलनबाट उदाएको नेता महतो क्याम्पस, विश्वविद्यालयको एकाई कमिटीको अध्यक्ष हुदैँ विधार्थी संगठनका राष्ट्रिय महासचिव तथा उपाध्यक्षको रुपमा देशव्यापी कुशलता पूर्वक गर्नुको साथै विधार्थी आन्दोलन लगायत विभिन्न राजनितिक आन्दोलनमा सशक्त एवम प्रभावकारी भुमिका निर्वाह गर्दै आएका छन ।
महतो हाल पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतुत्वका नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हुन भने नेपाल समाजवादी युवा संघका केन्द्रिय सह अध्यक्ष समेत रहेका छन ।
उहाँ अहिले नेपालको राष्ट्रिय राजनितिमा चर्चित नाम हो । उनी सर्लाही जिल्लामा जनतामाझ निकै चर्चित तथा लोकप्रीय रहेका छन । राजनीतिक तथा समाजिक क्षेत्रमा सक्रिय महतो समाजसेवा देखि देशको २०६२/६३ पछि हुने हरेक राजनैतिक आन्दोलनमा आफ्नो बलियो उपस्थिति सहित राजनीतिक परिवर्तनका विभिन्न काल खण्डमा भएका आन्दोलनको समेत नेतृत्व समेत उहाँले गरेका हुन ।
निकै लामो राजनितिक पृष्ठभुमि भएका, पार्टी तथा संगठनलाई सधैभरी निस्वार्थ भावनाले सहयोग गर्दै आएका उनि एक निडर, साहसी, योग्य, सक्षम तथा अध्यनशील, सक्रिय, क्षमतावान तथा जुझारु युवा नेता हुन ।
युवा नेता दिपक महतो विगत ७ वर्ष देखि नयाँ शक्ति पार्टीमा सक्रिय थिए । नयाँ शक्ति पार्टिको विधार्थि संगठनको उपाअध्यक्ष समेत रहिसकेका उनि जसपा समाजवादी युवा संघको केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुखको भुमिकामा रहि सफल रुपमा काम गरिसकेका छन । उनि एक प्रखर वक्ता, सक्षम राजनितिज्ञ तथा समाजसेवी समेत हुन ।
युवा नेता महतो कै पहल र आग्रहमा नेपाल भारत सहयोग, भारतीय राजदूतावासद्वारा समाज उत्थान सेवा केन्द्र( SDSC), बरहथवा, सर्लाहीमा अत्याधुनिक सेवा सुबिधा भएका Basic Life Support Medical Ambulance उपहार स्वरुप प्रदान गरिएको छ,
भने उहाँकै पहल तथा कृषि मन्त्रलयको अगुवाईमा वरहथवा-५ स्थित साना किसान सहकारी संस्थाको आफ्नो जग्गामा खादय गोदाम घर निर्माण गरिने भएको छ। ८४ लाखको लागतमा १०० मेट्रिक टन क्षमता भएको खाद्य गोदाम घर तथा १० लाखको लागतमा उखु किसानका लागी स्यालो ट्युववेल जडान गरिने भएको छ।
त्यस्तै, प्रदेश सरकार वन, पर्यटन तथा वतावरण मन्त्रलयको सहयोगमा वरहथवा न.पा. ५ स्थित श्री ओशो कृष्णा आश्रममा रु २० लाखको लागतमा अत्याधुनिक मेडिटेसन तथा ग्रीन पार्क निर्माण नेता महतोकै पहलमा सम्पन्न भएको हो ।
त्यस्तै, उहाँकै पहलमा डिभिजन वन कार्यालय, लालबन्दी, सर्लाहीको सहयोगमा मुर्तिया, सीतापुर हुदैँ बरहथवा जोडने सडकको छेउमा ८ लाखको लागतमा करिव ५००० बिरुवाको वृक्षारोपन लगायत थुप्रै काम गरेका छन ।








प्रतिक्रिया