मधेश प्रदेश : मधेश विश्वविद्यालय स्थापना

न्यूज डेस्क     २०७९ भाद्र २३, बिहीबार १४:१९ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना गरिएको छ।

बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना भएको हो ।

विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको उदघाटन गरे । मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्‍वविद्यालय कोशेढुंगा सावित हुने उनले विश्‍वास व्यक्त गरे ।

उनले भने, ‘वीरगञ्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको थियो । तर सरकारले स्वीकृति नदिंदा सार्थकता पाउन सकेको थिएन । मधेश सरकारले त्यो सपना पूरा गरिदियो।’ विश्वविद्यालयको कार्यालय वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवनमा स्थापना भइसकेको छ ।

पर्सा जिल्लामा १०० बिघा जमिन खोजेर विश्वविद्यालयको थप संरचनाहरू बनाउने तयारी छ । स्थापना समारोहमा मुख्यमंत्री मोहम्मद लालबाबु राउत, वीरगञ्‍ज महानगरका नगर प्रमुख राजेशमान सिंह, जनकपुरधाम उप–महानगरपालिकाका पूर्व मेयर र जसपाका राजनीति समिति सदस्य लालकिशोर साह लगायत सहभागी थिए ।

प्रतिक्रिया





Top