जनताको साथमा काँग्रेस अभियानको सर्लाही क्षेत्र न.४ को क्षेत्रीय भेला सम्पन्न

न्यूज डेस्क     २०७९ भाद्र २३, बिहीबार १४:२५ बजे मा प्रकासित


 

भदौ २२ गते सर्लाही ।

नेपाली कांग्रेसले मंसिर ४, को चुनावलाई लक्षित गर्दै, देश व्यापीरूपमा सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’अभियान अन्तर्गत सर्लाहीको धनकौल बजारमा कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति रामआश्रय साहको सभापतित्व तथा ‘जनताको साथमा कांग्रेस’ अभियानका सर्लाही प्रतिनिधि दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ।

पार्टीका मधेश प्रदेश समितिका उपसभापति एवम् मधेस सरकारका महिला महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति सुरेन्द्र प्रसाद प्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, पूर्व मन्त्री एवम् सांसद नागेन्द्र कुमार राय वर्तमान जिल्ला उपसभापति डा. सरोजकुमार पूर्व सभासद् शम्भु पासवानलगायतले मन्तव्य रखेका थिए ।

वक्ताहरूले पार्टीले देश व्यापीरूपमा सञ्चालन गरेको अभियानमासमेत आफ्नो क्षेत्रका संघीय सांसदको उपस्थित नरहनुले उनले पार्टी र संगठन प्रति गरेको व्यबहार प्रष्ट हुने तर्क गरे ।

बक्ताहरूले क्षेत्र र जिल्लाको सिफारिस बिनै टिकट ल्याउछु र चुनाव जित्छु भन्नेको पार्टीले सञ्चालनगरेका कुनै पनि अभियानमा सहभागीता नरहनुले उनको नियतलाई प्रस्ट्याउने काम गरेको तर्क गरे ।

धनकौल बजारमा भएको कार्यक्रममा एक हजार बढी कांग्रेस समर्थक जनताको उपस्थिति रहेको आयोजक नेपाली कांग्रेस सर्लाही क्षेत्र नं.४ ले जनाएको छ ।

नेपाली कांग्रेसले मंसिर ४, को चुनावलाई लक्षित गर्दै, देश व्यापीरूपमा सञ्चालन गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत सर्लाहीमा यस्ता किसिमका भेलाहरू आयोजना भइरहेका छन् ।

प्रतिक्रिया





Top