महेश कु.राय। सबैला(धनुषा)। धनुषाकाे सबैला नगरपालिकामा भोलि सार्वजनिक विदा घोषणा गरेको छ भने नगरका स्वास्थ सेवा सुचारु रहने बताएका छन ।
सबैला नगरपालिकाका मेयर कारिराम यादव एक विज्ञप्ति जारी गर्दै शुक्रबार भादो २४ गते दिन आन्नद चतुर्दशी पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।
भदौ आन्नद चतुर्दशी पर्वको दिन नगरपालिकाको वार्ड नं.९ मा सतोषरधाम मा बोलबम मेला लाग्ने गरिएको छ। पूर्वी धनुषा सहित अन्य विभिन्न स्थान र भारतको विहारवाट समेत प्रत्येक वर्ष हजारौं हजारको सँख्यामा काँवरियाहरु सतोषर महादेवमा जल चढाउने गरिन्छ ।
जल चढाउने श्रद्धालुहरु एक दिन अगावै बरमझिया पुगेर विश्राम गर्दै विहानै जल भरी सतोषर महादेवमा चढाउने गर्दै आएको छ ।








प्रतिक्रिया