‘धाम’ उचारण नगरी पहिचान मेटाउने प्रयासमा

न्यूज डेस्क     २०७९ भाद्र २७, सोमबार ०६:५५ बजे मा प्रकासित


 

जनकपुरधाम। गौ संरक्षण मंच नेपालले जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किसोरी साहको अभिव्यक्तिमा आपत्ती जनाएका छन् ।

साहले जनकपुरधामलाई ‘धाम’ उचारण नगरी पहिचान मेटाउने प्रयासमा लागेको भन्दै ‘धाम’ शव्द हटाउने उपमहानगरले षडयन्त्र गरिरहेको प्रति मंचले आपत्ती जनाएको हो । शुक्रबार उनले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन समुद्घाटन कार्यक्रममा पटक–पटक जनकपुर उपमहानगरपालिका भनेर सम्बोधन गरेको मंचले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उपप्रमुख साहले पहिचान मेटाउने अभिव्यक्ति दिएको भन्दै मञ्चले सचेतसमेत गराएका छन् । सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनकपुरधाम भनेर सम्बोधन गर्दा उनलाई विज्ञप्तीमार्फत धन्यवाद दिइएको छ । अव उपरान्त सबैलाई जनकपुरधाम भनेर बोल्न, लेख्न र पढ्न मञ्चका अध्यक्ष जगदीश महासेठले जारी गरेको प्रेस विज्ञप्तिमा अनुरोध गरिएको छ ।

यस भन्दा पहिला जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोजकुमार साहले पनि जनकपुर उप–महानगरपालिका भनेर सम्वोधन गरेका थिए ।

 

प्रतिक्रिया





Top