धनुषा। जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ३ र ४ को बीचमा पर्ने पुलचोकस्थित एकाबिहानै युवतिको लास फेला परेको हो ।
यदुकूहाको पुलचोकस्थित रहेको नहरसँगै एक झाडीमा युवतिको लास फेला परेको हो । युवति विवाहित रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
अन्दाजी २६ बर्षिय जस्तो देखिने युवति नव विवाहिता जस्तो देखिएको छ । हरियो साडी लगाएकी मृतक युवतिको सनाखत अझै भएको छैनन् ।
यदुकूहास्थित रहेको ईलाका प्रहरी कार्यालय यदुकुहाको कार्यालयदेखि केही दुरीमा युवतिको लास फेला परेको प्रत्यदर्शीहरुले जनाएका छन् ।
अहिले ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थललाई घेरा हालेर आम नागरिकलाई प्रवेश निषेध बनाएको छ ।
बिहान स्थानीयहरु खेतबारी तर्फ जाँदा युवतिलाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई खवर गरेको थियो । स्थानीयहरुले नजिकको प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।
घटनाको अनुसन्धानको लागि प्रहरीको मुचुल्का टोली अहिले घटनास्थलमा पुगेको छ । घटनाको मुचुल्का उठाएर थप अनुसन्धान अगाडी बढाउने इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।
मुचुल्कापछि युवतिको शावलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया