धनुषा । धनुषामा रक्सी खाएर आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ गरी सार्वजनिक गरेका छन ।
धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा बस्ने स्थानीय रामसेवक खत्वे मण्डलको २५ बर्षको छोरा मनोज कुमार मण्डल खत्वेलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरिएकाे हाे ।
विहिबार राती करिब १ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मनोजलाई प्रहरीले पक्राउ गरी साँझ सार्वजनिक गरेको हो ।
मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको श्रीमती अन्दाजी बर्ष ४० की सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा रहेको खवर पाएपछि प्रहीको टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानको लागि खटिएको टोलीले अनुसन्धान गर्दा मृतकको आफ्नै छोरा वर्ष २५ को मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरी ज्यान मारेको खुल्न आएकाे छ ।
मण्डललाई राती नै पक्राउ गरी शुक्रबार अपरान्ह मात्र सार्वजनिक गरिएको हो । उनी उपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हाे ।








प्रतिक्रिया