मटिहानी नगरपालिकाले २८ लाखको लागतमा प्रवेशद्वार निर्माण

न्यूज डेस्क     २०७९ आश्विन १, शनिबार १५:४७ बजे मा प्रकासित


महोत्तरी। महोत्तरीको मटिहानी बजारको सुन्दरतालाई बढाउन मटिहानी नगरपालिकाले २८ लाखको लागतमा प्रवेशद्वार निर्माण गरेको छ

मटिहानी क्षेत्रकै पुरानो बजारलाई ऐतिहासिकता जोगाउनका निम्ति आर्थिक वर्ष २०७८÷०७९ को नगरस्तरीय बजेटमार्फत सो गेटको निर्माण भएको हो।

नगरप्रमुख हरिप्रसाद मण्डलले यसले मटिहानी बजारको गरिमा र सुन्दरतालाई बढाउन थप मद्दत गर्ने बताए।

नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण गर्नका लागि सधैंभरि तत्पर रहने नगरप्रमुख मण्डलले जानकारी दिए।

प्रतिक्रिया





Top