रेडियो बरहथवाले धुमधामसंग मनाए आफनो१०औं बार्षिकाेत्सव

न्यूज डेस्क     २०७९ आश्विन १, शनिबार २०:३५ बजे मा प्रकासित


सर्लाही, बरहथवा ।। सर्लाहीको बरहथवामा संचालित रेडियो बरहथवा १०१.१ मेजाहर्ज विभिन्न समय परिस्थिति र कठिनाइलाई चिर्दै दसौं बर्षमा प्रवेश गरेको छ ।

रेडियोले प्रशारण आरम्भ गरेको नवौ वर्ष पूरा भई दशौ वर्षमा प्रवेश गरेको अवसरमा सनिवार (आज) बिहान विभिन्न साङ्गगितिक कार्यक्रमका साथै धुमधामसँग विश्वकर्मा पूजा रेडियो बार्षिकोत्सव मनाइएको हो ।

२०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शनिवार बाट दशौ वर्षमा प्रवेश गरेको रेडियोका संचालक घनश्याम सिंहले जानकारी दिए ।

रेडियोले बिहान ५ बजेदेखि राती १० बजेसम्म सामाचार तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्नुको साथै रेडियोले बिहान ८ बजे र बेलुका ६ः३० बजे सामुदायिक रेडियो एकतासँग सहकार्य गरेर स्थानीय समाचार समेत प्रशारण गर्दै आइरहेको छ ।

रेडियो संचालन भएको एक दशकमै रेडियो बरहथवाले दर्जनौं व्यक्तिहरूलाई रोजगारी दिनुका साथै कैयौं स्थानीय पत्रकार र रेडियो जनशक्ति उत्पादन गर्न सफल भएका छन ।

प्रतिक्रिया





Top