सिरहा । सिरहा जिल्लाको सन्हैठामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीका अनुसार सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा स्थित सडक छेउमा रहेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको हो ।
नहरको छेउँ खाल्डोमा जमेको पानीमा सिरहा न.पा. २० लकडिगदियानि बस्ने लुला सदायको छोरा अन्दाजी. ३५ बर्षको कारी सदाय घोप्टो परि मृत अबस्थामा छ भन्ने खबर स्थानीय हेम नारायण यादवले देखेर प्रहरिलाई खबर गरेको थियो ।
खबर पश्चात् नेपाल प्रहरीको टोली घटना स्थल पुगि शव पानीबाट निकालेर पोष्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा लागेको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले बताए ।








प्रतिक्रिया