साँस्कृति कार्यक्रमको बैनर लगाएर ओरकेष्ट्रा नाँच, आयोजकले प्रहरीलाई समेत उल्लु बनाएर

न्यूज डेस्क     २०७९ आश्विन ३, सोमबार ११:२० बजे मा प्रकासित


जनकपुरधाम। धनुषा लगायत आसपासको जिल्लाहरुमा पर्व, तिहार, उत्सव, महोत्सवमा साँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउने गरिन्छ ।

स्टेजमा पछाडी साँस्कृति कार्यक्रमको बैनर लगाएर अश्लिल ओरकेष्ट्रा नचाउने गरिएको पाइएको छ । आयोजकले प्रहरीलाई समेत उल्लु बनाएर रातभरि ओरकेष्ट्रा नचाउन गरिएको छ ।

धनुषाको विभिन्न स्थानमा जितिया पर्व, विश्वकर्मा पूजाको अवसरमा प्रहरीलाई साँस्कृतिक कार्यक्रम भन्दै रातभरि ओरकेष्ट्रा नचाएको पाइएको छ । प्रहरीले पनि उनीहरुलाई पक्राउ गर्नुको साटो सुरक्षा दिएको पाइएको छ ।

आईतबार मात्र धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित आयोजना गरिएको ओरकेष्ट्रामा प्रहरी नै सुरक्षा दिएको पाइयो । सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै मिलेर ओरकेष्ट्रा नाच्ने नर्तकीहरुलाई सुरक्षा दिएको देखियो ।

यति मात्र होइन, त्यही नगरपालिका वार्ड नं.१ बेरियाटोलमा समेत लौन्डिया नाच नचाए, कमला नगरपालिका वडा नम्बर ३ लगमा बजारमा विश्वकर्मा पूजाको अवसरमा ल्याइएको ओरकेष्ट्रालाई साँस्कृति कार्यक्रम भन्दै प्रहरीबाटै सुरक्षा दिन लगाईयो ।

जिल्लाभरिमा कुनै पनि ठाउँमा साँस्कृति कार्यक्रम गरिएको पाइदैनन् । स्थानीय कलाकारहरुले धार्मिक गीत, साँस्कृतिक गीत, साँस्कृति दृश्य देखाउने गरी गर्ने कार्यक्रम कतै देखिदैनन् ।

टिकटकमा नाच्ने नर्तकीहरुलाई बोलाएर रातभरि अश्लिल गीतमा नचाउँदै धार्मिक र साँस्कृतिक कार्यक्रमको नाम दिनेलाई कारवाही गर्नुपर्छ । धनुषा प्रहरीलाई जानकारी गराउँदा तर्क वितर्क मात्र गर्ने गरिएको छ ।

कसैले फोनमा जानकारी गराउँदा प्रहरी स्वयँ न्यायधिश झैँ व्यवहार गर्न थालेपछि साँस्कृतिक कार्यक्रमको नाममा जहाँपनि प्रतिबन्धित ओरकेष्ट्रा नाच नचाउँदा पनि कारवाही गर्न सकिएको छैनन् ।(न्युज ब्युरो)

प्रतिक्रिया





Top