घरमा बसिरहेको बेला चट्याङ (ठन्डा) लागेर एक जनाको मृत्यु

न्यूज डेस्क     २०७९ आश्विन ४, मंगलवार १२:४६ बजे मा प्रकासित


जनकपुरधाम। आफ्नै घरमा बसिरहेको बेला चट्याङ लागेर ज्यान गुमाइसकेका छन्। मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएकाे छ। ज्यान गुमाउनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी घरमा बसिरहेको बेला चट्याङ लाग्दा उहाँकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।

 

प्रतिक्रिया





Top