घाइते पत्रकार मण्डललाई ‘पूर्वमन्त्री प्रभु साहले पचास हजार आर्थिक सहयोग

न्यूज डेस्क     २०७९ आश्विन ४, मंगलवार २२:४९ बजे मा प्रकासित


सँजय सहनी ,राैतहट। बस दुर्घटनामा परी गम्भीर घाइते भई उपचाररत पत्रकार रविन्द्र मण्डललाई नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले ५० हजार रुपैया सहयोग गर्नु भएका छन् ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिवसमेत रहेका पत्रकार मण्डलको अवस्थाबारे रौतहटका संचारकर्मीहरुले पूर्वमन्त्री साहलाई जानकारी दिने बितिक्कै साहले ५० हजार सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएका थिए ।

पत्रकार मण्डलको अहिले रौतहट सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया





Top