काठमाडाैं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय सकिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गर्नुपर्ने अन्तिम दिन मंगलबार राति १२ बजेसम्म पिन विधेयक प्रमाणीकरणा गर्नुभएकाे छैन । राष्ट्रपतिबाट आज १२ बजेसम्म विधेयक पारित नभएपछि स्वत: निष्क्रिय भएकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि भदाै २० गते दोस्रो पटक राष्ट्रपति समक्ष पठाउनुभएकाे थियाे । विधेयक प्राप्त भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार व्यवस्था छ ।
राष्ट्रपति भण्डारीले यसअघि संघीय संसद्का दुबै सदनबाट पारित भएकाे साे विधेयक पुर्नविचारका लागि भन्दै साउन २९ गते सन्देशसहित प्रतिनिधि सभामै फिर्ता पठाउनुभएकाे थियाे ।
दोस्रो पटक प्रमाणीकरणका लागि आएकाे विधेयक भने फिर्ता गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ’-संविधानको धारा ११३ को उपधारा (४) मा लेखिएकाे छ ।
यसैबीच राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनले नागरिकतासम्बन्धी अध्यादेश ल्याउने तयारी गरेकाे छ । प्रतिनिधि सभाकाे कार्यकालय असाेज १ गतेदेखि सकिएकाे छ । सदन नचलेकाे बेला अध्यादेश ल्याउन सकिने कानुनी व्यवस्था छ ।








प्रतिक्रिया