रहेनन् चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवकाे निधन

न्यूज डेस्क     २०७९ आश्विन ५, बुधबार ११:४५ बजे मा प्रकासित


एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो ।

 

भारतीय सञ्चारमाध्यम इन्डियाडटकमका अनुसार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो ।

 

मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि दिल्ली एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

 

तर, उनको स्वास्थ्यमा सुधार आएको थिएन । आखिर विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज संसार त्यागेका छन्। राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै शोकको लहर छाएको छ ।

 

उनका फ्यानहरुले राजुप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया





Top