जनकपुर: संजय ‘टकला’ लाई उच्च अदालतले सदर गर्यो जन्मकैद फैसला

न्यूज डेस्क     २०७९ आश्विन ५, बुधबार २१:४१ बजे मा प्रकासित


जनकपुरधाम । पूर्व राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाको जन्मकैदको फैसलालाई नै उच्च अदालत जनकपुरले सदर गरेको छ। सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुख्य योजनाकार सञ्जय साहलाई जन्मकैदको सजाय दिने

मुद्दामाको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको हो।

न्यायधिश प्रमोदकुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्ला अदालत धनुषाको फैसलालाई नै सदर गर्दै फैसला सुनाएका छन्।

उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीका अनुसार उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादवले बहस गरेका थिए भने जाहेरबालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्की बहस गरेका थिए।

प्रतिक्रिया





Top