धनुषामा फेरि ओलि आउँदै, अरगरियासहितका हजारौं नेता कर्याकर्ता एमालेमा प्रवेश

न्यूज डेस्क     २०७९ आश्विन ८, शनिबार १०:४५ बजे मा प्रकासित


जनकपुरधाम, असोज ८ गते । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज पुन धनुषामा आउन लागेका छन् ।

एमाल्ले धनुषाको विदेह नगरपालिका स्थित तीनकौरियाचौकमा पार्टी प्रवेश कार्यक्रममा राखेको छ । ओली साढे १० बजे जनकपुर आइपुग्न लागेको एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलले जानकारी दिए ।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरियासहित नेताकार्यकर्ता प्रवेश गराउन उनी धनुषा आउन लागेका हुन् ।

 

उनका अनुसार लोसपा प्रमुख सचेतक अरगरिया, लोसपा प्रतिनिधि सभा सदस्यद्वय अम्रिता अग्रहरी, कैलुदेवी विश्वकर्मा, जसपाकी प्रदेश सभासदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै स्थानीय चुनावमा जसपाले टिकट नदिएपछि उम्मेदवारी दर्ताको दिन लोसपा छिरेका धनुषाक गणेशमान चारनाथ नगरपालिकाका पूर्व मेयर रामबाबु यादव समेत एमाले प्रवेश गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया





Top