खानेपानीको पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

न्यूज डेस्क     २०७९ आश्विन ९, आईतवार २०:१७ बजे मा प्रकासित


 

जनकपुरधाम। पाइप चोरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन्।

कास्की प्रहरीले मादी गाउँपालिका १ का निर्वाचित वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित ४ जनालाई पक्राउ गरेको हो।

थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो।

चोरी गरिएको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ बराबर रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए।

६ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको तिवारीले बताए।

प्रतिक्रिया





Top