जनकपुरधाम । धनुषाको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १९ लाख बराबरको चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।
जटही नाकाबाट भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारतको बिहारका मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई गिरफ्तार गरेका छन ।
साइकलमा सवार भई शरिरमा चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।
सशस्त्र प्रहरीले बरामद गरेको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ र एकथान माेवाइल घडिसहित रहेको छ ।








प्रतिक्रिया