जनकपुरधाम । धनुषामा आफ्नै श्रीमतिलाई कोदालोले हानेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ५ ललिया बस्ने रामा मण्डलले आफ्नै श्रीमति बर्ष ४५ की जिवछी देवी मण्डललाई कोदालोले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
पक्राउ परेका आरोपित मण्डललाई बुवाको नाम जोडी गाली गलौज गरेपछि जिवछीलाई उनले कोदालोको बिटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साहुबाट लिएको ऋण (कर्जा) चुक्ताको विषयमा श्रीमान श्रीमतिबीच विवाद हुँदा रामा मण्डलले जिवछीलाई कोदालोको बिटले पछाडीबाट टाउकोमा हानेको थियो । हानेपछि भुँईमा लडेर छटपटाउँदा फेरी बिटले हानेर मारेको स्वीकार गरेका छन् ।
दुवै जनाबीच बादबिवाद हुने क्रममा गाली गलौज समेत हुन थालेपछि मृतक जिवछी देवी मण्डलले श्रीमान रामा मण्डलको मृतक बुवाको नाम जोडी विभिन्न किसिमको अश्लील गाली गलौज गर्न थाले पछि रामा मण्डल आवेशमा आई साथमा रहेको कोदालोको पछाडीको बिटले पछाडीबाट टाउकोमा हिर्काएर मारेको बताईएको छ ।
मृतकको टाउको फुटी उनको बाँसघारीको डीलबाट भुईमा लडि छटपटिन थाले पछि पुनः टाउकोमा हिर्काई हत्या गरेको खुलेको हो ।
हत्या पश्चात शंका नलागोस भनेर रामाले मृतकले लगाएको चुरा आफै फुटाई घटनास्थलमा यत्रतत्र छरेको र कोदालो अर्काको खेतमा फालेर भागेको थियो ।
यसरी भयो घटना
जिवछी देवीको २ छोराहरु जेठो वर्ष २२ को विनय मण्डल र कान्छो छोरा वर्ष २० को संजय मण्डल (हाल बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको) जेठो छोरा १ वर्ष अगाडी ३ वर्ष बिदेश बसी कमाएको अन्दाजी १८÷२० लाख रुपैया, निजले दाईजोमा पाएको मोटरसाईकल तथा श्रीमतीको गर–गहना समेत सबै बेची ऋण तिरेको र कान्छो छोरा हाल बिदेशबाट कमाएको पैसा जति सबै मृतक आमाको नाममा पठाई बाकी रहेको ऋण तिर्न सहयोग नगरेको कुरालाई लिई घर परिवारमा बेला बेलामा झै–झगडा हुने गरेको बताइएको छ ।
घट्नाको १०÷११ दिन अगाडी मृतकको दुई छोराहरु एक–आपसमा छुटी जेठो छोरा एक्लै तथा कान्छो छोरासँग बुबा र आमा बस्दै आएको थियो ।
मृतक जिवछी देवी मण्डल मिति २०७९।०६।०४ गते विहान अन्दाजी ७ बजेको समयमा तगारोमा गोबर (मल) लिई आफनो खेतबारीमा छर्न गएको तथा
मल छर्न खेतमा जानु भन्दा पहिला रामा मण्डल बिहानै घरबाट कोदालो र हसिया लिई भकारी बनाउनको लागि बाँसको टाटी काट्न उक्त घट्नास्थलमा पहिले नै गएको खुलेको छ ।
दुवै जना आफनो खेतबारी नजिकै रामनारायणको बाँसघारीको डिलमा बसी उनीहरुलाई ऋण लगेको कसरी उक्त ऋण चुक्ता गर्ने बिषयमा एक आपसमा कुराकानी गर्दा वादविवाद सुरु भएको थियो ।
वादविवादकै क्रममा आवेशमा आएका रामाले दुई पटकसम्म कोदालोको बिटले हिर्काएपछि जिवछीको मृत्यू भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मृतक जिवछी देवी मण्डललाई हत्या गर्न प्रयोग भएको कोदालो घट्नास्थालबाट अन्दाजी ८० मिटर उतर पश्चिमको कुनामा धानको खेतमा फाली रहेको अवस्थामा अनुसन्धानको क्रममा प्रतिवादी रामा मण्डलले गई देखाएको कोदालो बरामद गरेको हो ।








प्रतिक्रिया