सर्लाहीको गोडैता नगरपालिकाका वार्षिक स्वास्थ समिक्षा सम्पन्न ।।

न्यूज डेस्क     २०७९ आश्विन १०, सोमबार २१:५७ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, सर्लाही ।।सर्लाहीको गोडैता नगरपालिकाको स्वास्थ शाखाको आयोजनामा बार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गोडैता नगरपालिकाको सभा हलमा नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षतामा आर्थिक बर्ष २०७८÷०७९ मा सम्पन्न स्वास्थ गतिविधिहरुको पालिका स्तरिय स्वास्थ संस्थाहरुको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो ।

स्वास्थ सुचांकहरुमा सबैभन्दा बढी अंक ल्याउने स्वास्थ चौकीका प्रमुखलाई नगरप्रमुख यादवले फुलको माला, अबिर र प्रशंसापत्र सहित सम्मान गरेका हुन । बर्थिंग सेन्टर भएका स्वास्थ चौकीका हकमा ५० र नभएका हकमा ४० अंकमा स्वास्थ सुचकहरुको मापन गरिएको थियो ।
बर्थिंग सेन्टर भएका स्वास्थ चौकीहरुमा सिसौटिया पहिलो, बगदह दोस्रो र रोहुवा तेस्रो भएका छन, भने बर्थिंग सेन्टर नभएकामा बेल्वाजब्दी पहिलो, गोडैता दोस्रो र बकैनिया तेस्रो भएका छन । गोडैता नगरपालिकाका स्वास्थ विभिन्न सुचांकहरुमा सुधारका लागि सहयोग गरिने आरआरपिके का सृजना घिमिरे र सेभ द चिल्ड्रेनका प्रमोद मण्डल लाई कदरपत्र सहित सम्मान गरेका छन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख देवेन्द्र कुमार यादवले गोडैता नरपालिकाले नगरको स्वास्थलाई पहिलो प्राथमकितामा राखेर ठूलो लगानी गरेको बताए । स्वास्थ केही सुचांकहरुमा सुधारका आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै काम नगर्ने कर्मचारीलाई सरुवा अथवा हटाएर भएपनि एकबर्ष भित्रमा नगरका सबै सुचांकहरुमा उल्लेखनिय सुधार ल्याउने प्रतिबद्वतता व्यक्त गरे ।

मंसिर पछि नगर अस्पतालको समेत शिलान्यास गरिने बताउदै गोडैता नगरपालिकाको प्रशासकिय भवनको निर्माण कार्य समेत छिटै सुरु हुने विश्वास दिलाए । उहाँले आफनो ५ बर्षे कार्यकालमा गोडैता नगरपालिकाले अन्य पालिकाका तुलनामा शिक्षा स्वास्थ लगायत विकासका हरेक क्षेत्रमा उल्लेखनिय कार्य गरिने र त्यसका लागि नगरका सबै कर्मचारीका साथ र सहयोगको अपेक्षा समेत गरे ।

संघिय तथा प्रदेश सरकारले समेत स्रोत साधन र पर्याप्त आन्तरिक आयस्रोत भएका सर्लाहीका केही पालिकामा ठुलो लगानी गरेर मधेस बाहुल्यता भएका पालिकामाथि विभेद गरेका र त्यसकै कारण मासतिरका पालिकासंग तलतिरको पालिकालाई प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेको दुख व्यक्त गरे । अन्त्यमा स्वास्थ सुचांकमा उल्लेखनिय सुधार गरी पुरुस्कृत भएका स्वास्थ चौकीलाई बधाई दिदै पछाडि परेका स्वास्थ चौकीलाई आग्रामी बार्षिक समिक्षामा सुधार ल्याउन कडा निर्देशन दिए ।

कार्यक्रमलाई गोडैता नगरपालिकाका स्वास्थ शाखा संयोजक प्रमोद पंडितले संचालन गरेका थिए, भने कार्यक्रमा जिल्ला स्वास्थ कार्यलय, सर्लाहीका प्रमुख नवलकिशोर झाको प्रमुख आतिथ्यता रहेका थियो ।

कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, उममेयर अंजना कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादव, स्वास्थ सह–संयोजक बैजु शंकर राउत, यू.एन.एफ.पिए सर्लाहीका संयोजक बच्चालाल महतो, प्रेरणाका मातृत्व तथा जन्मजात शिशू कार्यक्रम अधिकृत सृजना घिमिरे, सेभ द चिल्ड्रेनका स्वास्थ तथा पोषण अधिकृत प्रमोद मण्डल, वन हर्ट वल्र्डवाइडका जिल्ला संयोजक अमरेन्द्र राय, गोडैता नगरपालिकाका सबै वडाका वडाअध्यक्षहरु, स्वास्थ चौकीका प्रमुखहरु, लगायत संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको स्वास्थ सह–संयोजक बैजु शंकर राउतले जानकारी दिए ।

प्रतिक्रिया





Top