हातहतियार बुझाउने निर्देशन सिरहा प्रशासनको सूचना जारी

न्यूज डेस्क     २०७९ आश्विन १२, बुधबार १२:५० बजे मा प्रकासित


जनकपुरधाम, असोज १२ गते । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचलाई ध्यानमा राख्दै सिरहा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।

 

सिरहा प्रशासनले बुधवार एक सूचना जारी गर्दै असोज मसान्त भित्र आफुसँग भएको हातहतियार तथा गोलिगट्टा जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

निर्धारण गरेको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम भै जाने प्रजिअ कवारीद्वारा जारी सूचनामा उल्लेख गरिएको हो ।

प्रतिक्रिया





Top