यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

न्यूज डेस्क     २०७९ आश्विन १५, शनिबार १९:४१ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
दाङको लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको  रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया





Top