मधेसपाटी डेस्क,
महेश कु.राय, सबैला(धनुषा)। जनकपुरधाम पछि यस क्षेत्रमै विजयादशमीमा सर्वाधिक बोकाबली प्रदान, खोइच भर्नेको भिडभाड हुने सबैला स्थित माँ दुर्गा भवानीमेलाको आजदेखी शुभारम्भ भएको छ । सबैला बजार स्थित माँ दुर्गा भवानीको आज सप्तमी देखि माता रानीको खोइचा भराइको कार्यक्रम रहेका छन। त्यस्तै, अष्टमी देखि दशमी सम्म तिन दिन बोकाबली प्रदान हुने गर्दछ । यता, जनकपुरधामको राजदेवीमा हुने बोकाबलीको कार्यक्रम भोलि सोमबार अष्टमीको संन्ध्याकालिन देखि चढ्ने मेला आयोजकले जनाएका छन्।
माँ दुर्गा भवानी प्रतिस्ठानले प्रत्येक वर्ष सबैलामा भब्य मेलाको आयोजना गर्ने गरेको छ । मन्दिरमा धनुषा, महोतरी, सिरहाका साथै मित्रराष्ट्र भारत विहारका दर्शनार्थीहरु समेत दर्शन र बोकाबलीका प्रदान गर्न आउने गरेका छन् । जनकपुरधाम स्थित मुख्य शक्तिपिठ माता राजदेवी मन्दिर पछि यस क्षेत्रमै सर्वाधिक बोकाबली प्रदान सबैला स्थित दुर्गा मन्दिरमै हुने गरेको छ । अपार श्रद्धा र विश्वासका कारण यहाँ भिडभाड हुने गरेको पुजारी भागेश्वर मिश्र बताउँछन् ।
घटस्थापना देखिनै मेला सुरु हुने भएपनि सप्तमी देखि एकादशी सम्म एकदमै भिडभाड सहित मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व रहेको प्रतिस्ठानका सचिव नथुनी यादवले बताए । एकादशीका दिन हुने माँ दुर्गा भवानीको भसौनी कार्यक्रम मा पनि अत्याधिक भिडभाड हुने गरेकाले यो मेला चर्चित छ । मेलामा आकर्षक पहलमानी, सांस्कृतिक कार्यक्रम, खेलकुद सहितका विभिन्न गतिविधी मेलाको आकर्षण हुने गर्दछ ।








प्रतिक्रिया