धनुषामा धनुष पेट्रोल पम्पमा आगलागी

न्यूज डेस्क     २०७९ आश्विन १६, आईतवार २१:३१ बजे मा प्रकासित


जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकास्थित धनुषा पेट्रोल पम्पमा आगलागी भएको छ । आइतबार साँझ पेट्रोल पम्पमा आचानक आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरको टोली, बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।आगो नियन्त्रणमा आउन थालेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

 

प्रतिक्रिया





Top