शम्भु पण्डित ,जनकपुरधाम । दशाैंअन्तर्गत् आज पहिलो दिन अवसरमा प्रसिद्ध शक्तिपीठ धनुषाको सबैला मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौं श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउनेक्रम सुरू भएको हो ।
खोंइछ’ भर्न श्रद्धालुभक्तहरुकाे भिड सहित बताए भारतबाट पनि श्रद्धालुभक्तजन सहभागी हुन्छ माता रानीकाे दरबारमा उनले भने ।
पूजा व्यवस्थापक एवं श्री श्री १०८ श्री दुर्गा पुजा कमिटीका सचिव नथुनि यादव अनुसार मध्याह्न १२ बजेसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् । प्रसाद र खोंइछ भर्नेक्रम सम्पन्न भएपछि फेरि मन्दिर सफा गरी साँझ हुने बोकाबलिको तयारी गरिने बताइएको छ ।








प्रतिक्रिया