मधेसपाटी डेस्क, धनुषा। जनकपुरधामको राजदेवीमा हुने बोकाबलीको कार्यक्रम आज सोमबार महा-अष्टमीको संन्ध्याकालिन देखि चढ्ने मेला आयोजकले जनाएका छन्।
महाअष्टमीको राति यस वर्ष १४ हजारकै हाराहारीमा बोकावली प्रदान हुने अनुमान गरिएको छ । बोकावलीका लागि शनिबार साँझसम्म सात हजारभन्दा बढी रसिद काटिसकेको र आइतवार सो संख्या दोब्बर पुगेको हुन सक्ने महावीर युवा कमिटिका उपाध्यक्ष महेश साहले जानकारी दिए । उनका अनुसार रसिद गत विहीबारदेखि तीन ठाउँमा काट्ने कार्य भइरहेको छ । गुठी संस्थान जनकपुर, महावीर युवा कमिटि र राम युवा कमिटिले बोकावलीको रसिद काट्ने गरेका छन् । पछिल्लो समय बोकावली प्रदान गर्ने संख्या बढ्दै गएको छ । यद्यपि कोरोना महामारीको पहिलो लहरमा बोकावली हुने संख्या आधी भएको थियो । राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाबली हुने गरेको छ । सोमबार साँझ साढे आठ बजेदेखि बोकाबली दिइने आयोजकको तयारी छ । यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकावली हुनेछन् ।








प्रतिक्रिया