आजै जनकपुरमा रावण बध कार्यक्रम गरिदै

न्यूज डेस्क     २०७९ आश्विन १९, बुधबार १३:१३ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरमा आयोजन हुँदै आएको रावण बध कार्यक्रम यसपाली पनि गरिने भएको छ ।

जनकपुरधामको धनुषा सागर र गँगासारगको सँयुक्त डीलमा प्रत्येक बर्ष बनाइने राणको ठुलो पुतला बनाएर रावण दहन गरिदै आएको छ । असत्य उपर सत्यको विजयी भएको दिनलाई स्मरण गर्दै रावण बध कार्यक्रम गरिदै आएको छ ।

बुधबार (आज) बेलुका करिब ७ बजे पश्चात रावण बध गरिने जनाईएको छ । रावण बध कार्यक्रमको तैयारी अहिले गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि जोडतोडले भईरहेको छ ।

राम मन्दिरका मुख्य पुजारी राम गिरीले रावणवद्ध गर्ने जनाईएको छ । कार्यक्रममा रावण, मेघनाथ र कुम्भकर्णको पुतला जलाईने छ ।

कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहसहित विभिन्न सरकारी निकायका प्रमुख पदाधिकारीको उपस्थितीमा हुनेछ । हरेका वर्ष जनकपुरधाममा विशेष हर्षोल्लोसका साथ रावणबद्ध गरिन्छ ।

कार्यक्रम हेर्न हजारौं जनकपुरधाम र वरिपरिका गांउघरबाट सर्वसाधारहरुको भिड लाग्ने गर्छ ।

प्रतिक्रिया





Top