मधेसपाटी डेस्क,
महेश कु.राय, सबैला(धनुषा)। यस्तो दृश्य सायदै कहिँ हेर्न सकिन्छ र। प्रत्येक वर्ष विजयादशमी सकिएपछि एकादशीको दुर्गा भवानीको प्रतिमा विसर्जन आयोजन हुँदै आएको कार्यक्रम यसपाली पनि गरिने भएको छ ।
धनुषा जिल्ला स्थित सबैला नगरपालिका वार्ड नं.३ सबैलाका चर्चित माँ दुर्गा भवानीको प्रतिमा आज बिहीबारको दिन भसौनी कार्यक्रम रहेका छन। यो मेला अत्याधिक भिडभाड हुने गरेकाले यो चर्चित छ। सदिँयो देखि नै परम्परा अनुसार नगरको विभिन्न वार्डको परिक्रमा गरी वार्ड नं.९ स्थित रहेको सप्तऋषि बासस्थान श्री सप्तेश्वरनाथ महादेव मन्दिरको अगाडि सतोखरी तलाउमा माता रानी संगै विभिन्न देविदेवताका प्रतिमा विसर्जन गर्ने कार्यक्रम चल्दै आइरहेका छन्। भसाउन मेलामा धनुषा, महोतरी, सिरहाका साथै मित्रराष्ट्र भारत विहारका दर्शनार्थीहरु समेत दर्शन गर्न आउने गरेका छन् ।
सतोषरधाममा प्रत्येक बर्ष भसाउन कार्यक्रम गरिदै आएको छ । सतोखरी कुण्डका चारै डिल दर्शनार्थीहरुले भरिभराउ भएका हुन्छन्। दुर्गा मेला भन्दा कयौं गुणाले हेर्नेहरुको जनसागर मात्रै नभएर भिड-सागर लाग्ने गरेको छ। यो मेला हेर्न दिनानुदिन दर्शनार्थीहरु बढ्दै गइरहेका छन्।
गत साल समितिले गर्दा ढिलाई भएका कारण अध्यारो भएका थिए र कति श्रद्धालुहरु निराश भएर घुम्तीको सामना गरेका थिए तर यसपालि सबैलाबाट दिनको दुई बजे दुर्गा विसर्जनका लागि प्रस्थान गर्ने मेला समितिका अध्यक्ष बिरेन्द्र प्रसाद नायकले मधेसपाटीलाई जानकारी गराए, यता समिति अध्यक्ष ढिलो हुनेको कारण अल्लारे केटाहरुलाई दोष दिएका छन्। जथाभावी मापसे सेवन गरेर लापरबाही गरेको अध्यक्ष नायकले बताउँछन। दुर्गा विसर्जन कार्यक्रममा सुरक्षा व्यवस्था एकदमै कडाई गरेका – गरेको समितिले बताए।
सतोषरको लागि प्रस्थानको क्रममा वार्ड नं.३ गोबिन्दपुरमा बाटोमै सतोषर समितीहरु आएर मिलन गर्ने परम्परा चल्दै आइरहेका छन्।








प्रतिक्रिया