बिरगंजतर्फ जाँदै गरेको बस बारामा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु, २५ जना घाइते

न्यूज डेस्क     २०७९ आश्विन २०, बिहीबार १३:२७ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन् ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी होविन्द्र बोगटीका अनुसार दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटेको छ । घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

उद्धारमा संलग्न प्रहरीले दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी दिएपनि अस्पतालले भने पुष्टि गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया





Top