मधेसपाटी डेस्क,महेश कु.राय, सबैला(धनुषा)। प्रत्येक वर्ष विजयादशमी सकिएपछि एकादशीको दिन दुर्गा भवानीको प्रतिमा भसौनी कार्यक्रमको निरंतरता दिदै आएको यसपटक पनि गरिएको छ।

धनुषा जिल्ला स्थित सबैला नगरपालिका वार्ड नं.३ सबैलाका चर्चित माँ दुर्गा भवानीको प्रतिमा आज बिहीबारका दिन भसौनी कार्यक्रम गरिएको छ। यो मेला अत्याधिक भिडभाड हुने गरेकाले यो चर्चित छ। सदिँयो देखि नै परम्परा अनुसार नगरको विभिन्न वार्डको परिक्रमा गरी वार्ड नं.९ स्थित रहेको सप्तऋषि बासस्थान श्री सप्तेश्वरनाथ महादेव मन्दिरको अगाडि सतोखरी तलाउमा माता रानी संगै विभिन्न देविदेवताका प्रतिमा विसर्जन गर्ने कार्यक्रम चल्दै आइरहेका छन्। भसाउन मेलामा धनुषा, महोतरी, सिरहाका साथै मित्रराष्ट्र भारत विहारका दर्शनार्थीहरु समेत दर्शन गर्न आउने गरेका छन् ।
सतोषरधाममा प्रत्येक बर्ष भसाउन कार्यक्रम गरिदै आएको छ ।
सतोखरी कुण्ड पोखरीका चारै डिल दर्शनार्थीहरुले भरिभराउ भएका छन्। दुर्गा मेला भन्दा कयौं गुणाले हेर्नेहरुको जनसागर मात्रै नभएर भिड-सागर लागेको छ। यो मेला हेर्न दिनानुदिन दर्शनार्थीहरु बढ्दै गइरहेका छन् साथै यस्तो भसाउनको लागि विभिन्न गतिविधि हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ समेत गरेको मेला अध्यक्ष बिरेन्द्र प्रसाद नायकले जानकारी गराएका थिए।
यो पनि…प्रत्येक वर्ष विजयादशमी सकिएपछि एकादशीको दुर्गा भवानीको प्रतिमा विसर्जन आयोजन हुँदै आएको कार्यक्रम यसपाली पनि गरिने भएको छ ।https://madheshpati.com/2022/10/06/7954/

प्रतिक्रिया