मधेसपाटी डेस्क, जनकपुरधाम। भारत उत्तरप्रदेशको आयोध्यावाट सुरुभएको रामराज्य रथयात्रा जनकपुरधाम आइपुगेको छ । अयोध्याबाट साधुसन्तहरुको समुह सहित विहिवार निक्लेको राम राज्य रथयात्रा जनकपुरधाम आउने क्रममा रथयात्रामा सहभागिहरुलाई जनकपुरधामवासीले स्वागत गरेको छ ।
मोटरसाइकल सहित सिमानाका महोतरीको भिठ्ठामोड पुगेको हिन्दु अभियानीहरुको समुहले रथयात्रा र सहभागि साधुसन्तहरुलाई स्वागत गरेका छन् । जनकपुरधाम आउने क्रममा महोतरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिरमा रथयात्रालाई स्वागत गरिएको छ । भगवान श्री रामको दिग्विजय नेपाल भारत रथयात्रा जानकी नगर जनकपुरधाम आइपुगेको हो ।
अभियानीहरुले यस्ता गतिविधीले बिना आधार र कुनै कारण धर्मनिरपेक्ष घोषणा भएको नेपाल पुन: हिन्दुराष्ट्र बन्न सघाउ पुग्ने बताउछन् । बिश्व हिन्दु परिषद नेपाल धनुषा, धर्मयात्रा महासंघको सहितका संघ संस्थाहरुको अगुवाईमा सिमानाकामा उनीहरुलाई स्वागत गरिएको छ ।
जनकपुरधाममा पनि भानुचौकमा जनकपुरधाम उपमहानगरपालिका, नयाँ वसर्पाकमा माँ जानकी जनकपुरधाम यातायात प्रा.ली., श्री श्री १०८ श्री महावीर मन्दिर, श्री जानकी मन्दिरमा महन्त सहित विभिन्न स्थानमा विभिन्न संघ संस्थाहरुले समेत रथयात्रालाई स्वागत गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया