माओवादीले मधेश प्रदेशका ३२ मध्ये ६ सिट पाए, अझै टुंगो लाग्न बाँकी

न्यूज डेस्क     २०७९ आश्विन २३, आईतवार १०:३८ बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। नेकपा माओवादी केन्द्रले मधेश प्रदेशमा प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने चार जना उम्मेदवारको नामको टुंगो लगाएको छ ।
यस्तै दुई उम्मेदवारको अझै टुंगो लाग्न बाँकी छ ।

गठबन्धनमा भएको भागवण्डामा माओवादीले मधेश प्रदेशका ३२ मध्ये ६ सिट पाएको छ ।

त्यसमध्ये धनुषा १ मा मात्रिका यादव, सिराहा ३ मा विश्वनाथ साह, महोत्तरी १ मा गिरिराजमणि पोखरेल र सर्लाही २ मा महिन्द्र राय यादवलाई उम्मेदवार बनाउने तय भएको छ ।

सर्लाही ३ र रौतहट ३ का लागि उम्देवार तय अहिले नभएको सचिव गणेश साहले जानकारी दिए ।

 

प्रतिक्रिया





Top