मधेसपाटी डेस्क, जनकपुरधाम। तराई मधेशमा ‘बजरंगी भाइजान’ को नामबाट परिचित सामाजिक अभियन्ता सरोज रायले आगामी चुनावमा सर्लाही–३ (ख) बाट प्रदेश सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयनपत्र दर्ता समेत गरिएका छन्।
त्यस्तै, मिथिला क्षेत्रका चर्चित हास्य कलाकार कृष्णकुमार महतोले धनुषा क्षेत्र नं ४ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । छोटो समयमै कलाकारिता क्षेत्रमा अब्बल अभिनयबाट चर्चा बटुलेका उनले प्रतिनिधिसभा सदस्यका लागि आईतवार मनोनयन दर्ता गराएका छन् ।
र, मैथिली-भोजपुरी गित गाउने गितकार ज्ञानु यादवले सिरहा क्षेत्र-३(ख) प्रदेश सभामा जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। बिगतमा हेर्दै गरेको विभिन्न पार्टीबाट चुनाव जितेका व्यक्तिहरुबाट गुनासोको भकारो भरिएको हुनाले युवाहरुको चासोको बिषय बनेका छन्।








प्रतिक्रिया