बालेनका काकाले धनुषा ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए

न्यूज डेस्क     २०७९ आश्विन २४, सोमबार १६:२० बजे मा प्रकासित


मधेसपाटी डेस्क, जनकपुरधाम। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का काकाले धनुषा ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेनका काका इन्जिनियर सत्यनारायण साहले पनि प्रतिनिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महोत्तरी एकडाराका रहेका उनी कर्मभूमी जनकपुरधाम भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएका हुन् । मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, साँस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।

यस क्षेत्रबाट नेकपा एमालेकी नेतृ जुली कुमारी महतो, लोसपाका नेता अनिल कुमार झालगायत ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

प्रतिक्रिया





Top