माओवादी छोडेर एमाले राेजेकी ज्वालाकुमारी साह मन्त्री बनिन्

न्यूज डेस्क     २०७९ पुष १२, मंगलवार ०८:१६ बजे मा प्रकासित


जनकपुरधाम । माओवादी केन्द्र छोडेर एमालेबाट प्रतिनिधिसभामा निर्वाचित ज्वालाकुमारी साह मन्त्री बनेकी छिन्।

पहिलो संविधानसभामा माओवादीबाट समानुपातिक सांसद बनेकी उनी २०७४ सालमा मधेस प्रदेशमा बारा क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएकी थिइन्।

नेकपा विघटनपछि एमालेमै रहेकी उनी यसपटक बारा ३ मा प्रत्यक्षतर्फ निर्वाचित भइन्। उनले जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवलाई हराउँदै सांसद बनेकी थिइन्।

सोमबार राष्ट्रपति भवन शितल निवासमा मन्त्री पदको शपथ लिइन्।

प्रतिक्रिया





Top