राधेश्याम कुशवाहा, सर्लाही ।। सर्लाहीको २ वटा स्थानिय तह मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा संचालित किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम(इन्गेज) परियोजनाले आफनो ४ बर्षे सफल कार्यकाल पुरा गरेको छ । यूकेएडको आर्थिक सहयोग तथा भिएसओ, एचआई र प्रेरणाको साझेदारीमा संचालित कार्यक्रममा २ वटै पालिकाका गरिब तथा अतिविपन्न परिवारका बिद्यालय बाहिर रहेका १० देखी १९का किशोरीहरु र सोही उमेर समुहका अपांगता भएका किशोर किशोरीहरु गरी जम्म ९१९ कोे कार्यक्रम प्रत्यक्ष सहभागी भएका थिए ।
जिल्लाका २ वटा पालिकामा संचालित किशोरी सशक्तिकारणका लागि शिक्षा कार्यक्रमले विद्यालय बाहिर रहेका सिमान्तकृत किशोरीहरु, आपंगता भएका किशोरीहरुलाई शिक्षामा पहुँच बढाई परिवारिक निर्णयमा योगदान गर्न सबल बनाउने र विभिन्न अवसरहरु पछयाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने एउटा महत्वपूर्ण कार्यक्रम रहेको प्रेरणाको परियोजना संयोजक रामचन्द्र चौधरी बताउँछन ।
यो कार्यक्रम अन्तर्गत हामीले कौडेना गाउँपालिका र मलंगवा नगरपालिकाको विद्यालय बाहिर रहेका ९१९ जना किशोरीहरुसंग अनौपचारिक शिक्षा मार्फत ९ महिनासम्म ब्रिज कक्षा पढाएर ति मध्ये विद्यालय पढन जाने १० देखि १४ बर्ष उमेरका ३८३ जना नानीहरुलाई विद्यालयमा पठायौ । त्यसमध्ये ३५९ जना किशोरीहरु नियमित विद्यालयमा पढिरहेका छन ।
पढनमा ईच्छुक नभएका किशोरीहरुलाई आफनो खुटामा उभिनका लागि २३६ जनालाई ३ महिनासम्म विभिन्न १० वटा ट्रेडमा जिवकोर्जान सिप सम्बन्धि तालिम दिएर केही उपयूक्त आर्थिक सहयो गरेपछि उनिहरु आफनो व्यवसाय संचालन गरिरहेका छन ।हामीले पालिकासंग जिल्ला स्तरमा पनि विभिन्न निकायहरुसंग समन्वय गरेर कार्यक्रमहरु संचालन गर्दै आईरहेका थियौ ।
किशोरी शिक्षालाई प्रबद्र्वन गर्नका लागि दुईवटै स्थानिय तहमा उपाअध्यक्षको अध्यक्षतामा पालिका स्तरिय बालिका तथा समावेशी शिक्षा संजाल र दुवै तहमा ५– ५ वटा गरी १० वटासामुदायिक सिकाई केन्द्र समेत स्थापना गरेका छौं । ती सिकाई केन्द्रलाई सामुदायिक पुस्तकालयको रुपमा पनि श्रोत व्यवस्थापन गरिएको छ । उहाँले भने । हामीले आपांगता भएका नानीहरु प्हिचान, परिचयपत्र बनाउन सहयोग गर्नेदेखि लिएर उनिहरुको घरमा पूर्ननिर्माण कार्य समेत गरेको उहाँले बताए ।
यस परियोजनाबाट मलंगवा र कौडेनाका १० वर्षदेखि १९ वर्ष उमेर समूहका जम्मा ९१९ जना बालबालिका तथा अपाङ्गता भएका किशोर–किशोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको परियोजनाकी ठुली दिदी सोविता यादवले बताउँछिन । यो इन्गेज परियोजनबाट हाम्रो किशोरीहरुमा पहिला भन्दा धेरै नै सकरात्मक परिवर्तनहरु आएको छ ।
सुरु सुरुमा कसैको सामू बोल्न, कुरा गर्न र केही कुरा राख्न समेत डराउने किशोरीहरु अहिले उनिहरु नियमित विद्यालयमा पढन जाने, नेपालीमा राम्रो सँग बोल्न सक्ने, आफनो मनमा लागेका कुनै पनि कुरा कसैसामू निर्धक्क नडराईकन राख्ने, सार्वजनिक कार्यक्रममा समेत मज्जाले बोल्ने, बोर्डमा लेखेका अक्षरहरु समेत राम्ररी पढनुको साथै पत्रपत्रिका समेत पढन थालेकी छिन । उनले भनिन ।
यो परियोजनबाट तालिम लिएका किशोरीहरु ब्यूटीपार्लर संचालन गरेर १० देखि १५ हजार र सिलाई कटाई गर्नेले ५ देखि १० हजार सम्म मासिक आम्दनी गर्दै छिन । उनिहरु आफनै खुटामा उभिएर आफनो व्यक्तिगत खर्च आफनै आय गरिहेकोमा उहाँले खुशि व्यक्त गरिन ।
यो परियोजनाकै कारण म एउटा मधेसकी बुहारी भएर पनि गाउँ गाउँ टोल टोलमा गएर सडक नाटक मार्फत समेत किशोरी शिक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गरेकी अर्का मलंगवा नगर पालिका वडा नं. १२ गम्हरिया कि ठूली दिदी पुनचुन देवीले बताईन । यस कार्यक्रममा ठुली दिदीहरु जुन सामुदायिक स्वमसेवकको रुपमा रही बिद्यालय बाहिर रहेकी किशोरीहरुलाई शिक्षा तथा जिविकोपार्जन कार्यमा बाटो देखाउने कार्य गर्दै आईरहेको थियो ।
यो कार्यक्रमको कारण पुनः विद्यालयमा फर्किएको श्रीमती कृष्णा देवी मावि, मलंगवामा कक्षा ८ मा अध्ययनरत मुस्लिम समुदायकी किशोरी सहिस्ता खातुनले बताईन । परिवारिक कमजोरीका कारण कक्षा ४ मै पढदाखेरी नै बिचमै पढाई छोडनुपरेको थियो । इन्गेज परियोजनाले संचालन गरेको ब्रिज कोर्समा मलाई सहभागि गराएर कक्षा ६ मा पुनः भर्ना गराईदिए । उहाँहरुले पठनपाठनका लागि आवश्यक शैक्षिक सामग्री, झोला, बिद्यालय ड्रेस र साईकल समेत उपलब्ध गराउनु भएको थियो र उहाँकै कारण आज फेरी विद्यालयमा फर्किएकोमा खुशि व्यक्त गरिन ।
यो कार्यक्रमकै कारण विद्यालयमा पहिलो चोटी पढन पाएकोमा अमरबत्ती यादवले समेत खुशि व्यक्त गरिन । यो परियोजनाबाटै ब्युटी पार्लर तालिम लिएर म मासिक ५ देखि १० हजारसम्म आम्दनी गर्दै आएकी छु । आम्दनी भएको पैसा बैंक र विमा कम्पनीमा समेत बचत गर्दै आएको थपिन ।
यो कार्यक्रमबाट विद्यालयमा पढन पाएकोमा दृष्ट्रिविहिन किशोरी खुश्बु कुमारी राउतले समेत खुशि व्यक्त गरिन । अहिले उनि सर्लाही जिल्लाको हरिपुर नगरपालिका स्थित महाबिर जनता मावि दृष्टीबिहिनले पढने श्रोत बिद्यालयमा कक्षा ३ मा पढदै छिन ।
कौडेना गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवका अनुसार यस कौडेना गाउँपालिका बिपन्न परिबार र अपांगता भएको किशोरीहरुको जिवनमा ईन्गेज परियोजनाले ठुलो काम गरेको छ । हुन त यो सबै काम गाउँपालिकाले गर्नु पर्ने हो तर हामी श्रोत साधनको अभावले गर्न सकेनौ हामीलाई प्रेरणाले होस्टेमा हैसे गरेकोमा नगरपालिकाको तर्फ बाट संस्थाहरुलाई धन्यवाद दिन्छौं र अव उहाँहरुको कार्यक्रम सकिएको छ हामी माथी उहाँहरुको जिम्मेबारी आएको छ । यसमा हामीले कार्यपालिकामा छलफल गरी यसलाई अझ अगाडी बढाउने जानकारी प्रतिबद्वता व्यक्त गरे ।
यो परियोजनाबाट सिप सिकेका किशोरीहरु आफनै खुटामा उभिएर आफनो व्यक्तिगत खर्च आफनै आय आर्जनले गर्न सक्ने गरी आत्मनिर्भर भएकी छिन, भने विद्यालय बाहिर रहेका किशोरीहरु नियमित विद्यालय पढन पाएको छ । सन २०१८ को अगस्टदेखि सुरु भएर आफनो ४ बर्षे सफल कार्यकाल पुरा गर्दै यो कार्यक्रममा २०२२ को डिसेम्बरमा कार्यक्रम सकिदै छ ।









प्रतिक्रिया