वीरगञ्ज । पर्साका प्रमुख प्रहरी उपरीक्षकलाई होटल व्यवसायीहरुले स्वागत गरेका छन् ।सरुवा भएर जिल्ला प्रहरी कार्यालय पर्सामा आएका प्रमुख प्रहरी उपरीक्षक कोमल बिक्रम शाहलाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले उनकै कार्यकक्षमा पुगेर स्वागत गरेको हो ।
संघका अध्यक्ष हरि पन्त नेतृत्वको होटल व्यवसायीहरुको टोलीले पर्सा जिल्लाको कार्यकाल सफल होस् भन्दै शुभकामना पनि व्यक्त गरेको छ ।साथै समाजमा शान्ति सुरक्षा कायमसँगै अपराधीक गतिविधि नियन्त्रण र सामाजिक कार्यहरुमा पनि संघले सहकार्य गर्ने प्रतिबद्धता अध्यक्ष पन्तले जनाएका छन् । पन्तका अनुसार सोही अवसरमा होटल व्यवसायीहरुका समस्याका सम्बन्धमा पनि प्रहरी उपरीक्षक शाहलाई जानकारी गराइएको थियो ।समस्याहरुको समाधानका लागि तदारुकता देखाउने आश्वासन पनि शाहले दिएको पन्तको भनाई छ ।
सो अवसरमा सङ्घका वरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, पूजन होटलका सञ्चालक सुरेन्द्र लाल श्रेष्ठ, महासचिव माधब बस्नेत, सचिब सन्दिप बस्नेत, पुष्प श्रेष्ठ, कुबेर कार्कीलगायत होटल व्यवसायीहरु उपस्थित थिए ।








प्रतिक्रिया