राधेश्याम कुशवाहा, सर्लाही ।। सर्लाहीको गोडैता नगरपालिका वार्ड न. १२ मधुवनी स्थित बैजनाथ माविमा २ करोड ८१ लखको लागतमा १६ कोठे भवनको निर्माण हुने भएको छ । आधारभूत तह संचालनदेखि नै कक्षाकोठाको चरम अभाव बिच पठनपाठन हुदै आएको मधुवनीका विद्यालयमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले एक कार्यक्रमको बिच २ तल्ले ८ कोठे २ वटा भवनको शिलान्यास गरेका हुन ।
नेपाल सरकारको सम्पूर्ण अनुदान र गोडैता नगरपालिकाको संयूक्त लागतमा उक्त भवन निर्माण हुन लागेको गोडैता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादवले जानकारी दिए । भवन निर्माणका लागि ३ करोड ३६ लाखको अनुमानित लागत रहको थियो उहाँले भने । तर एम.एस जय भवानी निर्माण सेवा, मलंगवा १० ले २ करोड ८१ लखमा निर्माणका लागि ठेक्का पाएको छ । यो भवनसंगै विद्यालयमा किशोरकिशोर मैत्री सुविधा सम्पन्न शौचालय समेत निर्माण हुने उहाँले बताए ।
कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले सर्वसाधारणसंग पहिलो चुनावको वाचा पुरा गर्दै बैजनाथलाई माविको रुपमा पहिलो कार्यकालमै स्विकृति दिएको उहाँले बताए ।
उहाँले विद्यालयमा नगरप्रमुखकै योजनाबाट बालविकासको भवन, खानेपानी व्यवस्थापन र चारैतिरबाट विद्यालयमा पर्खाल निर्माण गरिएको बताए ।
१६ कोठे भवन निर्माण भएपछि कोठामा चाहिने सबै फर्निचर लगायत आवश्यक सामग्री सहित विद्यायलमा कमी रहेका शिक्षकहरुलाई समेत स्थानिय सरकारले व्यवस्थापन गर्ने प्रतिबद्वतता समेत उहाँले व्यक्त गरे । विकास विरोधि तत्वहरुलाई विकास गरेर जवाफ फर्काउने दाबी गर्दै आगामी आर्थिक बर्षमा नगरका २५ वटै विद्यालयमा पहिला शिक्षकहरुको व्यवस्थापन गर्ने बताए ।
नगरका २ वटा विद्यालय रामवन र जानकी नगरमा मात्र कम्पाउण्ड वाल बाँकी रहेका छन, उहाँले भने । ५÷६ महिना भित्र सो काम समेत सम्पन्न गरिनेछ । जिल्लाकै ठुलो स्थानिय तह लालबन्दी नगरपालिका भन्दा बढी गोडैता नगरपालिकाले शिक्षामा लगानी गरेको मेयर यादवले दाबी गरे ।
वडाअध्यक्ष गुडडु यादवको पहलकदमीले विद्यालयमा शौचालय सहितको १६ कोठे भवन सहिते निर्माण हुन लागेको हो । वि.स २००९ सालमा स्थापना भएको यो विद्यालयले स्थापना भएको ६६ बर्षपछि माविको स्विकृति पाएको थियो । वि.स २०७५ मावि संचालन रहेको यस विद्यालयमा हाल १० वटा मात्र शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक राकेश कुमार मण्डलले जानकारी दिए ।
विद्यालयमा एक २ तल्ले ४ कोठे र एक २ कोठे भवन बाहेक सबै भवनहरु जिर्ण अवस्थामा रहेका छन । हाल विद्यालयमा एक हजारको हराहरीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन । उहाँले भने । विद्यालयमा १६ कोठे भवन निर्माण भएर संचालन हुने हुने भयो भने विद्यार्थीहरुलाई पठनपाठन सहज हुने र कक्षाको चरम अभावलाई समेत ठुलो राहत मिल्ने मण्डलको भनाई थियो ।
कार्यक्रममा बोल्दै वार्ड न. १२ का वडाअध्यक्ष गुडडु कुमार यादवले गाउँले राजनितकर्मी नै पैदा गरेर पनि स्थानिय स्तरको विकास निर्माणले तिब्रता नपाएको दुखेसो पोखे । मैले निर्वाचित भएपछि स्थानिय स्तरको सडक, विद्यालय, स्वास्थ लगायतका क्षेत्रमा विकासले निर्माणले तिब्रता पाउने दाबी गरे ।
गाउँले नेतानै पेदा गरेको टिप्पणी गर्दै यादवले विद्यायलको स्थापना कालदेखि नै यहाँका सामन्तवादले विद्यालयको अभिभावको रुपमा नेतुत्व गर्दै आएको बताए । उहाँले भने, जुन बेला यस विद्यालयको व्यवस्थापनमा अन्य भए । त्यो बेला विद्यालयको उत्थान भएको उहाँले दाबी गरे ।
गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवको प्रमुख आथिथ्यता तथा वडाअध्यक्ष गुडडु कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रमलाई विद्यालयका शिक्षक श्रीराम महतोले संचालन गरेका थिए ।
कार्यक्रममा गोडैता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार यादव, विद्यालयका प्रधानाध्यापक राकेश कुमार मण्डल, एमएस जय भवानी निर्माण सेवा, मलंगवा का संचालक नरेश चौधरी, योजना शाखा प्रमुख सुरेन्द्र पटेल, ओभरसियर सुरेन्द्र यादव, पूर्व वडाअध्क्ष वार्ड न. २ का भोला महतो, वडासचिव रामएकवाल राय, वडासदस्यहरु, अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षाप्रेमी नागरिक अगुवा लगायत संचारकर्मीहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो ।








प्रतिक्रिया