सर्लाही ।। सर्लाहीको गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले आज एकै दिन ढलानको उदघाटन र भवनको शिलान्यास गरेको छ ।
गोडैता नगरपालिका वार्ड न.४ रोहुवामा ३५ लाखको लागतमा निर्माण भएको राजकिशोर साहको घरदेखि वडा कार्यलय सम्मको २४५ मिटर आरसिसि ढलान र मोरियारी टोलका प्राथमिक विद्यालयमा ३५ लाखको लागतमा निर्माण हुन लागेका २ कोठे भवनको शिलान्यास गरेका हुन ।
कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले आफनो पहिलो कार्यकालमै नगरका ७० प्रतिशत भन्दा बढी सडकका निर्माण कार्य सम्पन्न भईसकेको बताए ।मैले नगरप्रमुखको जिम्मेवारी लिदा बखत स्थानिय स्तरमा कही ढलान भएको सडक थिएन, उहाँले भने ।
चालु आर्थिक बर्षमा समेत प्रत्येक वडाका वडाअध्यक्षले समेत ५० प्रतिशत बजेट गाउँकै ढलानमा राखेका छन । उहाँले भने । १२ वटा वडाहरुमा करौडोका ढलान हुनेछन, यो पालि समेत । बहादुरपुर २५ मिटर बाहेक । गोडैता बजारदेखि सिसौटिया सम्मको सडक र बकैनियमा बर्थिंग सेन्टर निर्माणका लागि टेण्डर समेत भइसकेका छन ।
मेयर यादवलाई ढलान नै किन गर्नुहुन्छ ? तपाईको पहिलो कार्यकालमा समेत कालोपत्र भएन, यो पालि समेत नगरमा ढलानमै बढी बजेट विनियोजन गरिएको छ, भने सोधिएको प्रश्नमा आरसिसि ढलान कालोपत्रे भन्दा ३ गुणा महग्रों हुने गरेपनि दिर्घकालिन रुपमा टिकाउ लागि ढलान गर्ने गरेको उहाँको जवाफ थियो ।
नगरले दिगो विकासका लक्ष्य लिएका कारण दिगो विकास अन्तर्गत ढलान उपयूक्त हुन्छ, उहाँले भने । ५० बर्ष भन्दा बढी टिकाउ हुने गरेको उहाँले दाबी गरे ।आफना बाँकी रहेको कार्यकालमै कृषि सडक बाहेका गाउँ टोलका सबै सडकमा ढलान अथवा कालोपत्रे गरिनेछ । अगामी दिनहरुमा आउने जनप्रतिनिधिहरुलाई नालाको मात्र काम गर्नुपने उहाँको भनाई थियो ।
आजकै दिन गौडैताका श्री बेणी भोला नमुना माविमा नगरद्वारा संचालित लोकसेवा आयोगका तयारी कक्षाको समेत नगरप्रमुख यादव र सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले संयूक्त रुपमा अनुगमन समेत गरेका छन ।प्रमुख जिल्ला अधिकारी यादवले तयारी कक्षामा सहभागिहरुलाई परीक्षामा कसरी सफल हुने बारे टिप्प समेत दिएको गोडैता नगरपालिकाका कार्यलयले जनाएको हो ।








प्रतिक्रिया