शम्भु पण्डित ,जनकपुरधाम । मधेशका महाकुम्भ मानिने १५ दिने परिक्रमा मध्यनजर गरी स्थानीय प्रशासनसहित परिक्रमा क्षेत्रमा माछा–मासु तथा मदिरा निषेध गरेको छ।
१५ दिने परिक्रमा नेपाल भारतका लाखौं दर्शनार्थी भक्तजन आउने भएकोले सबैला नगरपालिकाका मेयर कारिराम यादवले ईलाका प्रहरी कार्यालय सबैलाबाट सहयोग मागेका छन प्रहरीले माछा–मासु तथा मदिरा बिक्रीवितरण एवम् सेवनमा रोक लगाएको हो ।
सबैला नगरपालिकामा परिक्रमा वासीलाई मध्यनजर गरी १८ गते २४ घण्टासम्म परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र माछा–मासु तथा मदिरा बिक्रि वितरण, सेवन र कारोबारमा रोक लगाउने निर्णय भएको बताए । सबैला नगरपालिकाबाट पनि र वडा नम्बर ९ सताेषरमा परिक्रमा बास रहने वडा अध्यक्ष मनिष रायले पनि त्यही वडाबाट विज्ञप्तिमार्फ जनकारि गराएका छन ।
निर्णय कार्यान्वयन गर्न सरोकारवाला व्यवसायी, बुद्धिजीवी एवम् सर्वसधारणलाई आग्रह गर्दै उल्लंघन गरेका खण्डमा प्रचलित कानुनअनुसार कारबाही हुने सबैलाका प्रहरीले जनाएको छ।
यसका साथै परिक्रमा ध्यानमा राख्दै घरआँगन, सडक, पेटी, नालालगायतका स्थान सफा राख्न व्यवसायी, नागरिक समाज, सरसफाई अभियान्ता सबैलाई नगरपालिकाले आग्रह गरेको छ।








प्रतिक्रिया