‘डिजे’ बजाउन बन्द गराउँदै धनुषा प्रशासन

न्यूज डेस्क     २०७९ फाल्गुन १९, शुक्रबार १०:११ बजे मा प्रकासित


जनकपुरधाम ।धनुषा जिल्ला क्षेत्रमा रातिको समयमा डिजे (लाउडिस्पिकर) बजाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राती १० बजेपछि डि.जे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री) सञ्चालन गर्न रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दहालले रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नर्ग सूचना जारी गर्दै अनुरोध गरेका हुन् । ‘अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठूलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन यो सूचना सार्वजनिक गरिएको छ’ बिहीबार प्रजिअ दहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारवाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।
यो निमयमको सबै स्थानीय तहबाट समेत परिपालना गर्ने व्यवस्था मिलाउन भनेको छ ।

प्रतिक्रिया





Top