मधेश प्रदेश : विभिन्न पार्टी छाडेर दर्जनौं डाक्टर र इन्जिनियर जनमतमा प्रवेश

न्यूज डेस्क     २०७९ फाल्गुन ३०, मंगलवार २१:२० बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशका विभिन्न पार्टीबाट दर्जनौं डाक्टर र इन्जिनियरहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रिय सचिवालय मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं इन्जिनियर र डाक्टरहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

प्रवेश गर्नेहरू महोत्तरीका इन्जिनियर दीपक कुमार साह,डा.सन्देश राय,धनुषाका मिथलेश कुमार पटेल,रंजित कुमार सिंह,डा.सुमन कुमार सिंह ,सिरहाका डा.अशोक कुमार साह,डा.रुपेश कुमार दास,सर्लाहीका ई. चन्देश्वर कुमार यादव र धनुषा उपेश चौधरीलगाइतका इन्जिनियर र डाक्टरहरु रहेको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले उनिहरुलाई पार्टीमा स्वागत गर्दै पार्टीका सदस्यतासमेत प्रदान गरेका छ्न।

प्रतिक्रिया





Top