सप्तरीमा प्रहरीले अप्रेशन चलाएर पक्राउ गरे १ सय १८४ किलो गाजा ।।

न्यूज डेस्क     २०७९ चैत्र ६, सोमबार ०८:२२ बजे मा प्रकासित


सप्तरी ।। मधेस प्रदेशको सप्तरीमा प्रहरीले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि अभियान नै चलाएको छ । सिमा सुरक्षाकर्मीले लागुऔषध तस्कहरु विरुद्व अप्रेशन चलाएपछि तस्कहरुमा खैलाबैला मचेको छ, भने तस्कहरु समेत धमाधम पक्राउ पर्न थालेका छन ।

गएको शविनवार राति सशस्त्र प्रहरी बिओपी बसाईबबाट ईन्सपेक्टर केशव शरण मैनाली र ईप्रका हनुमानगरबाट सई मनोज ठाकुरको कमाण्डमा खटिएको टोलिले भारततर्फ लैजादै गरेको १ सय ८४ किलो गाजा नियन्त्रणमा लिएको हो ।

प्रहरीद्वारा रातिको समयमा गोबरगाढाको छतौनाबाट घोडामा राखेर भारततर्फ लगिरहेको अवस्थामा सप्तरीको हनुमानगर कंकालिनी नपा वार्ड न. १३ गोबरगाढा ईलाकाबाट उक्त परिमाणमा लागुऔषध बरामद गरिएको हो ।

सुरक्षाकर्मी टोलिलाई देखेपछि तस्करहरु घोडा र गाजा छाडी फरार भएको थिए । नियन्त्रण्मा लिइएको गाजा कार्यालय तर्फ ल्याउने क्रममा केही व्यक्तिहरुले समूह नै बनाएर खोस्ने प्रयास गर्दा सुरक्षाकर्मीले एक राउण्ड गोलि फायर गरी सो समूह भगाएका थिए ।

लागुऔषध कारोबार भईरहेको बारे गोप्य सुचनाका आधारमा लामो समय तस्करहरुको फलोअप गरी विशेष अप्रेशन चलाएर भारी परिमाणमा लागुऔषध सहित तस्कर प्रकाउ गरेको बिओपी बसाईबले जनाएको छ । यति भारी परिमाणमा लागुऔष पक्राउ पर्नु दुर्लभ घटना रहेको जानकारहरु बताउँछन ।

तस्कहरु खुल्ला सिमानाको मौकाको फायदा उठाउदै सुरक्षाकर्मीको आँखा छली लागुऔषधको ओसारपोसार गर्दै आएका छन । प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाएपछि धेरै हदसम्म लागुऔषध कारोबारमा कमी आउने उनिहरुको भनाई थियो ।

पक्राउ परेका गाजा सहित घोडा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यलय सप्तरी बुझाइएको बिओपी बसाईबले जनाएको छ । लागुऔषध घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया





Top