वडाध्यक्ष चौधरी र सचिव राय घुससहित अख्तियारको फन्दामा

न्यूज डेस्क     २०७९ चैत्र ८, बुधबार २१:३५ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।

वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस रकमसहित पक्राउ परेका हुन् । जनकपुरधामको रोहन होटलमा सेवाग्राहीबाट घुस लिएलगत्तै उनी दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार ५० हजार घुस रकम बरामद भएको छ । तर अख्तियारको टोलीले मुचुल्का तयार पारिसकेपछि मात्र थप विवरण दिन सक्ने बताएको छ ।

प्रतिक्रिया





Top