शम्भु पण्डित ,जनकपुरधाम । समाजिक संजालमा md kabir नामक ब्यक्ति फेस्बुक आइडीबाट हिन्दु धर्मका देवीदेवतामाथि अपमानजनक शब्द प्रयोग गरेकोलाई कार्यवाहि गर्न भन्दै अपमानजनाक शब्दहरु प्रयोग गरि गाली गरेको भन्दै मधेसी आयोगले कारवाहिको लागी कागजी प्रक्रिया अगाडी बढाएको छ । समाजिक संजालमा मुसलिम समुदायका एक ब्यक्ति md kabir ले हिन्दु धर्मका देविदेबतामाथी समुदायिक गाली गलौज गरेको भन्दै आयोगले सम्बन्धित निकायलाई कारवाहिको लागी पत्राचार गरेको हो ।
हिन्दु समुदायलाई लक्षित गरि अपमानजनक शब्द प्रयोग गरेको फेस्बुक समाजिक संजालमा भाईरल बनेपछि मधेशी आयोगका साखा अधिकृ बिन्दुदेवी शर्माले सो फेस्बुकमा स्टार्टस लेखिएको अधारमा सकलै प्रति संगलन भइ छानबिन गरि कार्यवाहि प्रक्रिया अगाडी बढाउन गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।
हिन्दु समुदायका अगुवाहरुले आयोगमा दिएको उजुरीका अधारमा आवश्यक कारवाहिको प्रक्रिया अगाडी बढाएको छ । सम्पुर्ण हिन्दु समुदायलाई अपमानित र समाजिक सदभाव तथा राष्ट्रिय एकतामा खलल पार्ने कार्य गरेको ब्यतिmलाई चाडोँ भन्दा चाडोँ कडा कार्यवाहिको माग गरेका छन ।
अपमानजनक शब्द प्रयोग फाेटाे अहिले समाजिक सन्जालमा निकै भाईरल बनेको छ ।
आयोगका अध्यक्ष डा.दतले आयोगले नेपाल प्रहरीलाई समाजिक संजालमा लेखिएको अपशब्द छानबिन गरि कार्यवाहि गर्न पत्रचारगरको बताएका छन ।








प्रतिक्रिया