बाबु नै दानव : छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएर फरार

न्यूज डेस्क     २०७९ चैत्र १९, आईतवार १८:४० बजे मा प्रकासित


महोत्तरी । महोत्तरीको बर्दिवास १० भित्री खोलास्थित भालुझोडामा बाबुले १३ बषिय छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएर फरार भएका छन् ।

विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएको हो । बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो । आमाका अनुसार नाबालक छोरीमा गर्भबतीको लक्षण देिखएपछी गर्भ रहेको शङ्का लागेको थियो । कसको गर्भ हो भनी जति सोध्दा पनि केही नबोलेकी बालिकाले धेरै केरकार गरेपछि बल्लबल्ल ‘बुवाको हो’ भनेर रहस्य खोली’ की थिइन ।

आमा माइत गएको समय बाबुले छोरीमाथि बलात्कार गरेको थियो । स्थानीयवासीले घटनाप्रति प्रहरी प्रशासन र न्यायिक निकायलाई गम्भीर हुन आग्रह गरेको छ । आफ्नो पीडक बाबुमाथि हदैसम्मको कारबाही गर्न पीडित बालिकाको माग छ ।

हाल पीडित बलिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

प्रतिक्रिया





Top